नेपाल कम्युनिष्ट पार्टी (एमाले)
जनताको बहुदलीय जनवाद तथा मार्क्सवादी स्रोत केन्द्र

OPAC(Online Public Access Catalouge)

दस्तावेज

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३५औं स्मृति दिवस देशभर विविध कार्यक्रमसहित मनाइएको छ । यसै अवसरमा सोमबार कम्युनिस्ट पार्टीको स्थापनासँगै प्रथम महाधिवेशनदेखिका दुर्लभ दस्तावेज समेटिएको ‘नेपाल कम्युनिस्ट पार्टी दस्तावेज संग्रह भाग–१’ पुस्तकको विमोचन गरिएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक चम्पादेवी, कीर्तिपुरस्थित प्रतिष्ठान कार्यालयमा एमाले अध्यक्ष झलनाथ खनालले विमोचन गरे । पुस्तकमा कम्युनिस्ट पार्टी स्थापनाका क्रममा प्रकाशित पर्चा, अपिल, प्रथम घोषणापत्र, प्रथम महाधिवेशनका महŒवपूर्ण दस्तावेजसहितका सामग्रीहरू संग्रहित छन् । प्रतिष्ठानका सदस्यसमेत रहेका एमाले पोलिटब्युरो सदस्य बेदुराम भुषालले पुस्तकको महŒवमाथि प्रकाश पारेका थिए ।' कम्युनिस्ट पार्टीका केन्द्रीय नेताहरूले नै अहिलेसम्म नदेखेको र नपढेको कतिपय दुर्लभ दस्तावेजहरू पुस्तकमा समेटिएको जानकारी दिँदै भुषालले कम्युनिस्ट आन्दोलनमा समर्पित भएकाहरूका लागि पुस्तक पठनीय सामग्री हुने विश्वास व्यक्त गरे । अध्यक्ष खनालले अहिले जुन हिसाबले कम्युनिस्ट आन्दोलनले जनतामाझ अमिट छाप छाड्ने गरी विकास गरेको छ, त्यसको सबै श्रेय संस्थापक महासचिव पुष्पलालकै महŒवपूर्ण देन भएको चर्चा गरे । प्रतिष्ठानका अध्यक्षसमेत रहेका वरिष्ठ नेता माधवकुमार नेपालले पुष्पलालको योगदानको चर्चा गर्दै उनको नीतिअनुसार अघि बढ्दा कम्युनिस्ट आन्दोलन सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रममा अध्यक्ष खनाल, वरिष्ठ नेता नेपाल, उपाध्यक्ष वामदेव गौतम, भरतमोहन अधिकारीलगायतका एमाले नेताहरूले पुष्पलालको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए । यसैगरी, प्रतिष्ठानद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट हुने अञ्चल सम्पर्क कमिटी र जिल्ला सम्पर्क मञ्चहरूलाई अध्यक्ष खनालले पुरस्कृत गरे । जसअनुसार नारायणी सम्पर्क कमिटी प्रथम, धौलागिरी सम्पर्क कमिटी द्वितीय र सगरमाथा सम्पर्क कमिटी तृतीय भएका छन् । १५ असार १९८१ मा रामेछापको भंगेरीमा जन्मिएका पुष्पलालको ७ साउन २०३५ मा भारतमा निधन भएको थियो । उनैको सक्रियतामा १० वैशाख २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । यसैबीच, एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले स्मृति दिवसका अवसरमा सोमबारै पुष्पलालको जन्मस्थान भंगेरीमा विशेष कार्यक्रमको आयोजना गरेको छ । पुष्पलालको जन्मघर अवलोकनका लागि एमालेका ७२ ओटा सम्पर्क मञ्चका प्रतिनिधिहरू रामेछापको भंगरीमा भेला भएका हुन् ।